काठमाडौं, ३ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा बद्री केसी निर्वाचित भएका छन्। प्रतिस्पर्धीहरु आरके शर्मा र महेश श्रेष्ठलाई पराजित गर्दै केसी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
विजयी केसीले १ हजार ३७८ मत ल्याए। उनका प्रतिस्पर्धी शर्माले १ हजार २८१ र श्रेष्ठले १ हजार २२५ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। यस्तै, रविना थापाले ४७ मत पाइन्।
उपाध्यक्षमा विनोद श्रेष्ठ (अस्ट्रेलिया), हेमराज शर्मा (यूके), खगेन्द्र न्यौपाने (मलेसिया), राजु रेग्मी (कतार), रामशरण सिंखडा (यूके) र रोविनप्रसाद शेरचन (जापान) निर्वाचित भएका छन्।
यस्तै, युवा उपाध्यक्षमा रोशन थापा र महिला उपाध्यक्षमा रोजिना प्रधान राई निर्वाचित भएका छन्। महासचिवममा गौरीराज जोशी निर्वाचित भएका छन्।