काठमाडौं । चिति सेवा समाजको अध्यक्षमा पुनःगोपाल बहादुर कमली चयन भएका छन् । बालाजुको बालाजी ब्याङ्केटमा सम्पन्न तेह्रौं वार्षिक साधारण सभाबाट कमलीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको हो ।
समाजको उपाध्यक्षमा श्यामसुन्दर श्रेष्ठ र सुरेश बाबु तिवारी, सचिवमा याम कुमार श्रेष्ठ, उपसचिवमा दिपक बाबु बराल, कोषाध्यक्षमा दानराज पन्त रहेका छन् । सदस्यहरुमा चित्र बहादुर कुताल, दिपक वावु पन्त, सुजन श्रेष्ठ, हरिकृष्ण परियार, रामकुमार श्रेष्ठ, सूर्य कला भण्डारी, प्रकाश वावु दवाडी, सुरेन्द्र सेढाइँ र गंगाबहादुर कुताल रहेका छन् ।
कार्यक्रम डा. बमबहादुर थापा (जिताली) को प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको अवसरमा छात्रवृत्ति प्रदान एवं सम्मान कार्यक्रम समेत गरिएको समाजले जनाएको छ ।