काठमाडौं । मुटुमा समस्या देखिएपछि गएराति गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा भर्ना भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अरु केही दिन अस्पतालमै बस्ने भएका छन्।
गृहमन्त्री श्रेष्ठलाई तीन देखि पाँच दिनसम्म अस्पतालमै राख्नुपर्ने राय उपचारमा संलग्न चिकित्सकले दिएका उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान अस्पतालमै पुगेर गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका छन्।