लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिकाले लम्पी स्किनबाट पीडित किसानलाई राहत दिने भएको छ । पालिकाले मंसिर २६ गते सुचना प्रकाशन गरि राहत वितरण प्रक्रिया थालनी गरेको जानकारी गराएको हो ।
कार्यपालिका निर्णय अनुसार विपद् व्यवस्थापन कोषबाट प्रति मृत्यु भएको पशु बापत ५ हजार रुपैया आर्थिक सहयोग प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंज्ञानीले बताए ।
गत आर्थिक वर्षमा खेती लगाउने मुख्य समयमा नै महामारीको रुपमा फैलिएको लम्पीस्किन रोगको कारणले विभिन्न स्थानमा किसानहरुले ठुलो क्षती व्यहोर्नुपरेको थियो ।
उक्त रोगको संक्रमणबाट मर्स्र्याङदी गाउँपालिकाका विभिन्न स्थानमा गाई गोरुको मृत्यु भई किसानहरुको ठूलो क्षती भएकाले पशु मरेका किसानलाई राहतस्वरुप प्रति पशु पाँच हजार आर्थिक सहयोग वितरण गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । राहत वितरणमा केहि ढिला भएको भन्दै उनले गाउँपालिका भित्र लम्पी स्किन संक्रमणबाट हालसम्म एक सय ७८ पशु मरेको तथ्यांक प्राप्त भएको बताए ।