काठमाडौं । जितपुर सिमरा उपमहानगरपालिका–३ का वडाध्यक्ष तारा कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले पक्राउ गरेको छ। कार्की रु पाँच लाख घुससहित आज पक्राउ परेका हुन्।
वडाध्यक्ष कार्कीलाई जितपुरस्थित जैसवाल होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। सडक बनाउने क्रममा उनले स्थानीय राजन उप्रेतीसँग घुसबापत पाँच लाख नगद रकम लिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रदीप क्षेत्रीले बताए।