काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार दुई देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले डेनमार्कका लागि नेपालकी आवासीय राजदूत सुम्निमा तुलाधरलाई फिनल्याण्डका लागि र बेलायतका लागि नेपालका आवासीय राजदूत चन्द्रकुमार घिमिरेलाई आयरल्याण्डका लागि नेपालको गैरआवासीय राजदूत नियुक्त गरेका हुन्।
उनीहरूलाई नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गरिएको हो। राजदूत नियुक्तिपछि सम्बन्धित देशसँगको कूटनीतिक सम्बन्ध सुदृढ हुने अपेक्षा गरिएको छ।