काठमाडौं । रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताले ज्यान गुमाएका छन्। लमजुङका वाईसीएल नेता साजन गुरुङले केही हप्ताअघि रुस–युक्रेन युद्धमा ज्यान गुमाएका हुन्।
लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको वाईसीएलका केन्द्रीय सचिव एवं माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनार (अटल) ले जानकारी दिए।