काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बिहान १० बजेका लागि बैठक बोलाइएको हो ।
आजको बैठक मंगलबारबाट हुन लागेको कतारका शेख तमिम बिन हमाद अल थानीको दुई दिने नेपाल भ्रमणका विषयमा केन्द्रित हुने बताइएको छ ।
बैठकमा संघीय संसद्को बजेट अधिवेशन आह्वानका विषयमा पनि छलफल हुने भएको छ । आजको बैठकमा केही नियुक्ति र बढुवाको निर्णय हुने सम्भावना रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।