काठमाडौं । इलाममा मतगणना सुरू भएको छ। गौतम बुद्ध सभागृह (सिटी हल) मा मतगणना सुरु गरिएको हो। बिहान ११ बजेदेखि सुरु गर्ने भनिए पनि केही ढिला गरी मत गणना सुरु भएको हो।
सरोकारवाला निकायसहित बसेको सर्वदलीय बैठकपछि फाकफोकथुम गाउँपालिकाको थार्नेखोप प्रावि मतदान केन्द्रबाट गणना थालिएको हो। फाकफोकथुमपछि क्रमशः चुलाचुली, माङ्सेबुङ, माई, देउमाई गाउँपालिका र इलाम नगरपालिकाको गणना गर्ने तयारी भइरहेकाे जनाइएकाे छ।
इलाम २ को उपनिर्वाचनमा ७ जना स्वतन्त्र र १२ राजनीतिक दलका गरी १९ जना मैदानमा छन्। एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ६९ हजार २८७ भोट खसेको थियो।