काठमाडौं । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी निर्वाचित भएका छन् । मतगणना सकिँदा भण्डारीले ११ हजार ६१२ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले ११३४६ मत पाएका छन् । उनीहरुबीचको मतान्तर २६६ रहेको छ ।
तेस्रो स्थानमा माओवादीका जनक बुढा रहेका छन् । उनले ३ हजार ९ सय ६७ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् ।
भण्डारी प्रदेश सभामा निर्वाचित भएसँगै सुदूरपश्चिम प्रदेश सभामा एमालेले एक सीट थपेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक सीट गुमाएको छ । यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका कांग्रेसका उम्मेदवार पृथ्वीबहादुर सिंहको गत असार ५ गते सडक गुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो । कांग्रेसले उठाएको उम्मेदवार उनै स्वर्गीय सिंहका छोरा हुन् ।