काठमाडौं । सल्यानको शारदा नगरपालिका र बाग्लुङ नगरपालिकाबीच आफ्ना असल अभ्यास आदान-प्रदान भएको छ । बाग्लुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता र शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
बाग्लुङ नगरपालिकाको आमन्त्रण तथा आयोजनामा भएको कार्यक्रममा शारदा नगरपालिकाका उपप्रमुख लगायत जनप्रतिनिधि र कर्मचारीहरु त्यस्तै बाग्लुङ नगरपालिकाका उपप्रमुख लगायत जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा आफ्नो– आफ्नो पालिकाको असल अभ्यास तथा धार्मिक, पर्यट्कीय तथा कृषि उत्पादनका बारेमा दुई पालिका प्रमुखले सहभागीहरुलाइ जानकारी गराउनुका साथै त्यसको प्रवद्र्धनका लागि आपसमा सहयोग गर्ने बताएका थिए ।