काठमाडौं । ललितपुर महानगरपालिका–१७ स्थित बाफलमा आगलागी हुँदा घाइते भएका दुई जना बालिकाको मृत्यु भएको छ। ३ वर्षीया प्रिया गिरी र ८ वर्षीया एलिशा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए।
आइतबार बिहान बाफलस्थित मोबिल स्टोरमा आगलागी हुँदा ५ जना घाइते भएका थिए। घाइते भएका मध्ये संजय गिरी, रुपा गिरी र मित गिरीको किष्ट अस्पतालमा उपचार भइरहेको छ। रौतहटको राजदेवी नगरपालिका–४ का उनीहरू बाफलमा टहरामा बस्दै आएका थिए।