काठमाडौं । कोकिनसहित तीन विदेशी महिला पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध ब्यूरोले ती विदेशीहरुलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा युगान्डाकी नागरिक ४४ वर्षीया केभिना मुगाला, युगाडाकै लिलियान सुसन वानयाङजी र भारतीय नागरिक ३३ वर्षीया दिवा जनी पल छन् । काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरुको साथबाट २ किलो ६५४ ग्राम कोकिन बरामद गरिएको छ ।