काठमाडौं । सत्तारुढ गठबन्धन र कांग्रेसबीच संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको छ । शनिवार बालुवाटारमा बसेको सत्ता गठबन्धन र कांग्रेसका नेताहरुबीचको बैठकमा संसदीय छानबिन समिति गठन गर्ने सहमति भएको हो ।
जसअनुसार संसदीय समितिको कार्यादेश (टीओआर) बनाउन कार्यदल गठन गरिएको छ । उक्त कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका छन् । सहकारीबारे संसदीय छानबिन समिति बनाउनेमा सबै दलको सहमति रहेको समेत लेखकले बताए ।