काठमाडौं । लमजुङको दोर्दी गाउँपालिकाको किसेदी खोलामा माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा दोर्दी गाउँपालिका–४ जीतौरेका २६ वर्षीय विकास गुरुङ रहेका छन् । मृतक गुरुङको शवलाई पोष्टमार्टमको लागि लमजुङ अस्पताल बेसीशहरमा राखिएको छ ।