काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले संसदीय छानबिन समितिको मागबाट आफ्नो पार्टी पछि नहटेको बताएका छन्।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पाण्डेले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी पुन: दाेहाेर्याउँदै यस्तै प्रकारकाे अभियाेगमा पक्राउ पुर्जी जारी भएर सांसद गीता बस्नेत फरार सूचीमा रहेकाे र अर्का व्यक्ति गृहमन्त्री भएकाे बताए।
उनले आइतबार गृहमन्त्री लामिछानेले संसदमा नबोलेर लामाे बर्बराएको आरोप लगाए। सांसद पाण्डेले गृहमन्त्रीले कांग्रेसका उपसभापति धनराज गुरुङ र महामन्त्रीमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौती दिए।