काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कैलाश कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले प्रक्रिया अघि बढाउन भनेका कारण पक्राउ गरिएको बताएका छन्।
चन्द्रागिरीमा आयोजित एक कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले उक्त भनाई राखेका हुन्।
प्रधानमन्त्री दाहालले सरकारले रिसिइबी साँधेको भनेर आएको कुरा गलत भएको पनि बताए। अदालती प्रक्रियामा भएको कुरामा ‘हो–हल्ला’ गर्न जरुरी नरहेको उनको भनाई थियो।
‘यो अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रियामा रहेको मैले बुझेको छु, यो बढ्ता हो–हल्ला गर्न जरुरी छैन,’ उनले भने। लामिछाने कान्तिपुरविरुद्ध व्यक्तिगत रुपमै प्रस्तुत भएको आरोप पनि गलत रहेको प्रचण्डले बताए ।