काठमाडौं । लमजुङ प्रहरीले मोटरसाइकल चोरीमा संलग्न २ जनालाई पक्राउ गरेको छ । बेशिसहरबाट मोटरसाईकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मर्स्याङदी गाउँपालिका वडा नं. ०३ बस्ने वर्ष १९ को सुजन तामाङ र क्व्होलासोथार गाउँपालिका वडा नं. ०२ बस्ने वर्ष १९ का पूर्ण बहादुर तामाङ रहेका छन् ।
जिल्ला प्रहरी लमजुङका अनुसार रातको समयमा लु १८ प ९३४७ नम्वरको २२० सीसी पल्सर मोटरसाइकलमा सवार २ जना माथि शंका लागि क्याम्पस रोडमा डिउटिमा खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल रोक्न प्रयास गरेको थियो। तर उनीहरु मोटरसाइकल छोडि भागेका थिए। उनीहरुले मर्स्याङदी गाउँपालिका वडा नं. ०९ स्थितमोटरसाइकल वर्कशपबाट चोरी गरी बताएका छन् ।