काठमाडौं । आँबुखैरेनी गाउँपालिका अन्तर्गत कार्यरत कर्मचारीहरुले ड्रिम प्रोजेक्टका रुपमा रहेको ऐनपहरामा वृहत सरसफाइ अभियान र एक कर्मचारी एक गमलासहितको फूल रोप्ने भएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्माको अध्यक्षतामा बसेको कर्मचारीहरुको बैठकले उक्त निर्णय गरेको हो । यस्तै उक्त अभियानमा जोडिन चाहानुहुने इच्छुक क्लब, संस्था, व्यक्ति तथा महानुभावहरुले सम्पर्क गर्नुहुन समेत अनुरोध गरिएको छ ।