काठमाडौं । यस वर्षको मनसुन प्रणाली आज नेपालको कोशी प्रदेशको पुर्वी भू-भागमा आगमन भएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।
यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरि नेपालमा प्रवेश गरेको छ । नेपालको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिन्छ ।
मौसम पूर्वानुमान महाशाखाको सूचना
यस वर्षको मनसुन प्रणाली आज मिति २०८१/०२/२८ का दिन नेपालको कोशी प्रदेशको तल चित्रमा देखाइए बमोजिम पुर्वी भू-भागमा आगमन भएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरि नेपालमा प्रवेश गरेको छ । नेपालको अन्य भू- भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिन्छ ।
यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ सबैलाई अद्यावधिक मौसम सुचनाको जानकारी लिन हुन अनुरोध छ ।