काठमाडौं । मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार एक नेपाली पर्यटकको मृत्यु भएको छ ।
धादिङको गंगा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी अन्नपूर्ण पदमार्ग अन्तर्गतको ५ हजार ४ सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा लेक लागेर मृत्यु भएको हो । \
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार पदयात्राका क्रममा थोराङ्ला भञ्ज्याङमा अधिकारीलाई लेक लागेको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । अधिकारीको शव बिहीबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।