काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन् । स्वास्थ्य मन्त्री प्रदीप यादव र वन मन्त्री किशोर शाह सुडीले शुक्रबार राजीनामा बुझाएका छन् ।
जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।