काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार छ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला एक लाख ४९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला एक हजार सात सय ८० मा कारोबार भएको चाँदी बिहीबार एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।