काठमाडौं । सरकारले विभिन्न १८ देशमा सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान भएको छ। मंगलबार नयाँ बानेश्वरस्थित शंकर हलमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले उनीहरूविरुद्ध उजुरी दिन आह्वान गरेको हो। १० दिनको समय राखेर सार्वजनिक उजुरीको आह्वान गर्ने निर्णय भएको हो।
सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो। प्राप्त उजुरीमाथि छलफल भएपछि राजदूतहरूको सुनुवाइको मिति तोकिनेछ।
सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो। नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी छिन्।
त्यस्तै भारतका लागि राजदूत सिफारिस भएका शंकर शर्माको पनि पुनः सुनुवाइ हुने भएको छ।