काठमाडौं । तनहुँ आँबुखैरेनीमा दशैंको अवसरमा म्युजिकल एण्ड फुड फेस्टिवल आयोजना गरिने भएको छ । आगामी असोज २२ गते रिसेन्ट युवा क्लवको आयोजनामा आबुँखैरेनी ३ हाटबजारमा उक्त कार्यक्रम गर्न लागिएको हो ।
सो अवसरमा पूर्ण राई राजुभाई, माइत घरको व्याण्डका कलाकारको प्रस्तुती रहने क्लवका म्यानेजर निरज श्रेष्ठले बताएका छन् । क्लवले विभिन्न ठाउँमा च्यारिटी कार्यक्रम गरी मिर्गौलाका बिरामी, प्यारालाइसिस, क्यान्सर बिरामी तथा असहाय व्यक्तिलाई सहयोग गर्दै आएको छ । क्लवका अध्यक्ष रोहित मगरले सामाजिक सेवाको उद्देश्यसहित कार्यक्रम गर्न लागिएको बताएका छन् ।