काठमाडौं । लमजुङ बेसिशहर नगरपालिका–३ मा रहेको गाउँशहर माध्यमिक विद्यालय जाँदै गरेका चार विद्यार्थीलाई अरिङ्गालले टोक्दा घाइते भएका छन्। बिहीबार बिहान विद्यालय जाने क्रममा डमफुहाउस नजिककै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घाइते हुनेमा बेसिशहर–५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्जना तामाङ, १३ वर्षीय सङ्गीता तामाङ र १० वर्षीय करुणा गुरुङ रहेका छन् । घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिङ्गालले उनीहरुको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा टोकेको प्रहरीले जनाएको छ ।
घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको छ ।