काठमाडौं । आज आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गरिदैछ ।
आज बिहान ६ः १६ बजेसम्म चौथी तिथि रहेको कारण आज पनि कुष्माण्डा देवीको पूजा गरिने छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले दिएको जानकारी अनुसार आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको बताए ।
आइतवार पनि सूर्योदयकालमा चौथी तिथि थियो । आइतवार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो ।