काठमाडौं । लमजुङ पाचोकका किसानहरुलाई माछा पालन तालिम दिइएको छ । पाचोक प्रगतिशील सामुदायिक सिकाई केन्द्रको आयोजनामा २ दिने माछा पालन तालिम दिइएको हो ।
तालिमको दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । पाचोक प्रगतिशील सामुदायिक सिकाई केन्द्रको अध्यक्ष सूर्य बहादुर गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा दोर्दी गाउँपालिका स्रोत व्यक्ति टिकाराम थापा,विभिन्न टोलका टोल संयोजकहरु,स्थानीय बा–आमा,दाजुभाइ तथा दिदिबहिनीहरुको उपस्थिति रहेको थियो।
माछा पालन तालिममा ४८ जनाको सहभागिता रहेको थियो भने प्रशिक्षकमा दोर्दी गाउँपालिका पशु शाखामा कार्यरत कर्मचारीहरु बिनोद कट्टेल र प्रविण रेग्मी रहेका थिए । तालिम पश्चात व्यावसायिक माछा पालन गरी गाउँमा नै आत्मनिर्भर हुने तालिममा सहभागीहरुले प्रतिबद्वता समेत व्यक्त गरेका थिए । समापन कार्यक्रमको सहजीकरण पाचोक प्रगतिशील सामुदायिक सिकाई केन्द्रकी सामाजिक परिचालिका जुना गुरुङले गरेकी थिइन् ।