काठमाडौं । लमजुङ बेसिशहर नगरपालिका ११ चिति तिलाहरमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा ८ सय ७२ जनाले सेवा लिएका छन् ।
तीन दिने शिविरमा ५ सय ४८ महिला र ३ सय २४ जना पुरुषको आँखा परीक्षण गरिएको हो । यस्तै शिविरमा ३६ महिला र ३४ पुरुष गरी ७० जनाको शुल्यक्रिया गरिएको छ ।
शिविर बेसीशहर नगरपालिका वडा नं. ११ को व्यवस्थापन, नेपाल आँखा अस्पतालको प्राविधिक सहयोगमा बेसीशहर नगरपालिकाले आयोजना गरेको हो ।
चितिथला स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा सेवा लिनेमा अधिकाशं जेष्ठ नागरिक रहेका छन् शिविरमा नेपाल आँखा अस्पतालका मेडिकल डाइरेक्टर किरण शाक्य, नेत्र सहायक याङ्ला दोङला शेर्पा, भाग्य नारायण शाह, रुमित श्रेष्ठ लगायतको प्राविधिक टोलीले सेवा दिएका थिए ।
वडा नं ११ का वडाध्यक्ष शिव प्रसाद जोशीले शिविरबाट त्यस क्षेत्रका नागरिकहरुको २ करोड ५० लाख रुपैयाँ बचेको बताए । उनले यसले ठूलै पुँजी बचाएको बताए । उनले सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरे ।