काठमाडौं । नेपालका लागि भरोसायोग्य स्मार्टफोन ब्रान्ड सामसुङले ‘ग्यालेक्सी एम’ सिरिज अन्तर्गतको नयाँ मोडल ‘ग्यालेक्सी एम३६ फाइभ जी’ नेपाली बजारमा सार्वजनिक गरेको छ। भिजुअल सौन्दर्य, नवीनतम एआई प्रविधि, उत्कृष्ट परफर्मेन्स र टिकाउ प्रयोग अनुभवका साथ आएको यो फोन आजैदेखि नेपालभरका आधिकारिक सामसुङ रिटेल स्टोरहरूमा उपलब्ध भएको हो।
Velvet Black र Serene Green रंग विकल्पमा आएको ग्यालेक्सी एम३६ फाइभ जी दुई भेरियन्टमा उपलब्ध छ:
8GB RAM + 128GB Storage – मूल्य रु ३६,९९९
8GB RAM + 256GB Storage – मूल्य रु ४१,९९९
यो फोनमा Google Circle to Search, Gemini Live जस्ता नवीनतम एआई फिचरहरू छन् जसले तस्बिर चिन्ने, खोजी गर्ने र लाइभ एआई संवाद सम्भव बनाउँछ।
7.7mm पातलो र गोरिल्ला ग्लास भिक्टस+ सुरक्षित बनावटमा आएको यस फोनमा 6.7-इन्च FHD+ Super AMOLED डिस्प्ले, 120Hz रिफ्रेश रेट, र Vision Booster टेक्नोलोजी जडान गरिएको छ जसले उज्यालो घाममा समेत स्पष्ट दृश्य प्रदान गर्छ।
फोटोग्राफीप्रेमीका लागि 50MP OIS ट्रिपल क्यामेरा संयोजन गरिएको छ, जसले रातमा पनि उत्कृष्ट तस्बिर खिच्न सक्षम Auto Night Mode र Nightography फिचर प्रदान गर्छ। अगाडि र पछाडि दुबै क्यामेरामा 4K भिडियो रेकर्डिङ, Photo Remaster, र Object Eraser जस्ता एडिट टुलहरू समावेश छन्।
Exynos 1380 (5nm) प्रोसेसर र Vapor Cooling Chamber जडित यो फोन मल्टिटास्किङ र गेमिङको लागि तयार गरिएको छ। 5000mAh ब्याट्री र 25W फास्ट चार्जिङ सपोर्टले लामो समय पावर सप्लाई दिन्छ।
सुरक्षाका दृष्टिकोणले Samsung Knox Vault ले डेटा सुरक्षित राख्नेछ। साथै, सामसुङले ६ वर्षको सुरक्षा अपडेट र ६ जेनेरेशनसम्मको Android अपग्रेड उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसमा One UI 7 अन्तर्गत क्लीनर इन्टरफेस, Now Bar र अपडेटेड विगेट्सजस्ता नयाँ फिचरहरू पनि प्रदान गरिएको छ।