काठमाडौं । दुई दिन ओरालो लागेको बजार आज भने दोहोरो अकंले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९५ अकंले बढेर २७४८.७८ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको २ करोड १४ लाख २४ हजार १०० कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३२ करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ ।आज यस कम्पनीको ३५ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त,र अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै रावा इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.१२ प्रतिशतका दरले गुमाएका हुन् ।