काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रशारण र बजार व्यवस्थापनको जिम्मा बिना प्रतिस्पर्धा विदेशी एजेन्सीलाई दिएको भन्दै नेपाल विज्ञापन संघ (एएएन) सहितका संस्थाले विरोध गरेका छन्।
नेपाल विज्ञापन संघ (एएएन), राष्ट्रिय विज्ञापन संघ नेपाल (एनएएएन) र मिडिया अलाइन्स नेपाल (एमएएन)ले संयुक्त विज्ञप्ति जारी गर्दै क्यानको निर्णको विरोध गरेका हुन्। यही मंसिर १५ गतेबाट हुन लागेको एनपीएलको प्रत्यक्ष प्रशारण भारतीय स्टार स्पोर्ट्स च्यानललाई दिने निर्णय क्यानले गरेपछि ती संस्थाले विरोध गरेका हुन्।
‘नेपाल प्रिमियर लिग जस्तो राष्ट्रिय व्यावसायिक खेलकुदको आयोजनाले कहिँ न कहिँ राष्ट्रिय लाभ हुनैपर्छ,’ तीन संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘तर यसपल्टको लिगको आयोजनामा क्यानले केही कानुनी र केही नैतिक तथ्यहरुमा असंवैधानिक र गैरकानुनी क्रियाकलाप गरेको छ। त्यस्ता गैर कानुनी क्रियाकलाप सच्याउन र कानुन बर्खिलाप हुने कार्य बन्द गर्न अनुरोध गर्दछौँ।’
हेर्नुहोस् प्रेस विज्ञप्ति