काठमाडौं । लायन्स क्लब अफ काठमाडौं नेपालय र गण्डकी बहुमुखी संघ नेपालले हड्डीको क्यान्सरबाट पीडित कृतज्ञ श्रेष्ठलाई सहयोगको अपिल गरेको छ ।
तनहुँ निवासी किरन कुमार श्रेष्ठ र रोजिना बिष्ट श्रेष्ठका छोरा कृतज्ञ गत वर्ष ओस्टियोसार्कोमा, एक दुर्लभ र आक्रामक हड्डीको क्यान्सरबाट पीडित भएकाले उक्त रोगको उपचार भएको थियो । उनले साहसका साथ १६ वटा केमोथेरापी र खुट्टाको एउटा ठूलो शल्यक्रिया गरेका छन् ।
उनको भर्खरको फलो–अप अपोइन्टमेन्टमा, डाक्टरहरूले फोक्सोको मेटास्टेसिसको शंका भएको जानकारी दिएका छन् । यसको मतलब कृतज्ञलाई थप शल्यक्रिया र थप उपचारको आवश्यकता पर्ने देखिएको छ । यो चुनौतीपूर्ण समयमा सहयोगको लागि अनुरोध साथै अपेक्षा गरिएको छ ।
सहयोगका लागि बैंक विवरणहरू
बैंक: ग्लोबल आइएमई बैंक लिमिटेड खाता नम्बर: 30112010000764 खाता नाम: रोजिना बिष्ट वा,
बैंक: प्रभु बैंक लिमिटेड खाता नम्बर: 1000101905000011 खाता
नाम: रोजिना बिष्ट वा, ईसेवा: 9851171887