काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको चाहनाअनुरूप सरकार चल्न नसकेको स्वीकारेका छन् ।
शुक्रबार (आज) कैलाश कोइरालाको उपन्यास ‘शास्त्र’को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
‘सरकार गठनको उद्देश्यअनुरूप चल्न सकेन । जनताको अपेक्षा र चाहनाअनुसार काम हुन सकेन,’ महामन्त्री थापाले भने । उनले यसमा प्रधानमन्त्रीले ध्यान पुर्याउनुपर्ने बताए ।