काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन्।
निमोनिया भएपछि करिब एक हप्ताबाट अस्पताल भर्ना भएका उनको निमोनिया बिग्रिएर निधन भएको बताइएको छ । भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू सामाजिक सञ्जालमा भाइरल छन्।
सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले केही समयअघि आर्थिक सहयोगको मागसमेत गरेको थियो।