काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तीन ठूला दलका शीर्ष नेतृत्वविरुद्ध ठूलो आँधीबेहरी आउने बताएका छन् । बिहीबार पार्टीको पालुङटार नगरपालिका नगर सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले मुख्य दलका शीर्ष नेतृत्वकै कारण देश रसातलमा पुगेको बताएका हुन् ।
‘२०७९ को चुनाव हेर्नुभयो, त्यसयता तीन टाउकोका हर्कत देख्नुभयो, यिनले देशलाई रसातलतिर लगे,’ उनले भने,‘जनताले विकल्प खोजेका छन्, यिनका विरुद्ध ठूलो आँधीबेहरी आउँदै छ ।’ यसबीचमा देशलाई विभिन्न ढंगले विदेशी शक्ति आफ्नो पञ्जामा पार्न लागिपरेको पनि उनको आरोप छ ।