काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट मन्त्री बनेकाहरुलाई छलफलका लागि बाेलाएका छन् । उनले भाेलि बिहीबार विहान ८ बजे आफ्नो निवास बुढानीलकण्ठमा मन्त्रीहरुलाई बाेलाएका हुन् ।
कांग्रेसबाट १० मन्त्री र २ राज्यमन्त्री बनेका छन् । पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको काममा प्रभावकारी बनाउन र समन्वय गर्न बाेलाइएकाे भनिएपनि कमजाेर कार्यसम्पादन भएका मन्त्रीहरुलाई देउवाले फिर्ता बाेलाउने सम्मकाे चेतावनी दिन सक्ने सम्भावना भएकाे एक नेताले बताए ।