काठमाडौं । सरकारले छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जान इच्छुक कर्मचारीसँग दरखास्त आह्वान गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थाइल्याण्डको विभिन्न विश्वविद्यालयबाट नेपाल सरकारका निजामती कर्मचारीहरूलाई प्रदान गर्दै आएका छात्रवृत्ति कार्यक्रममा सहभागी भइ अध्ययन गर्न योग्य र इच्छुक कर्मचारीहरूको नाम मनोनयन गरी पठाउन सबै निकायलाई परिपत्र गरेको हो ।
मन्त्रालयले जारी गरेको परिपत्रमा एक वर्षदेखि दुई वर्षे कोर्स स्नातक तह अध्ययन गर्न चाहने इच्छुक र योग्य कर्मचारीहरूलाई मनोनयन गरेर पठाउन सूचना जारी गरेको छ।