काठमाडौं । लमजुङ दोर्दी गाउँपालिका–६ ताजेगाउँस्थित सडकमा बा.२ क ३२६७ नम्बरको जेसीबी दुर्घटना भएको छ । बिहीबार बेलुकी दुर्घटना हुँदा जेसीबीमा सवार सोही ठाउँ बस्ने ३९ वर्षीय उमर जंग घलेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।