काठमाडौं । काठमाडौँको बबरमहलमा मेलम्ची खानेपानीको पाइप फुटेको छ।मुख्य पाइप फुटेपछि वन परिसर क्षेत्रमा बाढी आएको छ। पानीको बहावले वन परिसर, विशेष अदालत, जिल्ला अदालत लगायतका सरकारी कार्यालयहरू डुबानमा पारेको छ।
बाढीका कारण यातायातका साधन र पैदलयात्रुलाई समस्या परेको छ।