काठमाडौं । काठमाडौंको बबरमहलमा विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम गर्ने क्रममा फुटेको मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकिएको छ । बुधबार पााइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएको थियो ।
पाइप फुटेको करिब २० घण्टामा ममर्त सकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले जनाएको छ । मर्मत सकिएपछि परीक्षणका लागि पानी पठाउने तयारी भएको छ । परीक्षण सम्पन्न भएपछि वितरण थालिने केयूकेएलले जनाएको छ ।
प्राधिकरणले ड्रिलिङ गर्दा फुटेको पाइपबाट करिब ४ घण्टासम्म पानी आएको थियो । विद्युत् प्राधिकरणले पाइप फुट्नुमा आफ्नो कमजोरी स्वीकार गरिसकेको छ ।