काठमाडौं । मनाङको पभ्राका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार (आज) बिहान ८ः२२ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का मनाङसहित आसपासका जिल्लासम्म पनि गरिएको छ। तर यसबाट जनधनको कुनै ठूलो क्षति भएको खबर छैन्। पटक पटक भूकम्पको धक्का महसुस हुन थालेपछि स्थानीय त्रासमा छन्।