काठमाडौं । ब्लड क्यान्सरबाट पीडित जुम्ला गुठीचौर गाउँपालिका–५ सत्यबहादुर भण्डारीको उपचारका लागि सहयोगको याचना गरिएको छ । जुम्ला घर भएका ५१ वर्षीय भण्डारीको अहिले काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइ रहेको छ ।
स्वास्थ्य परीक्षणका क्रममा पुसबाट ब्लड क्यान्सर भएको पुष्टि भएको थियो । उपचारका लागि भण्डारी तीन महिनादेखि सिभिल अस्पताल मीनभवनमा उपचारमा छन् ।
छोरा दीपेन्द्र भण्डारीका अनुसार बुबाको उपचारमा धेरै रकम खर्च भइसकेकाले थप उपचारका लागि आर्थिक समस्या भएको छ। ‘बुबाको उपचारका लागि अझै धैरै खर्च लाग्ने भएको छ । सहयोग गर्न चाहने सहयोगी मनहरुले सहयोग गरे मेरो बुबाले पुनर्जीवन पाउनुहुन्थ्यो, त्यसैले सहयोगको अपील गरेका हौँ,’ छोरा दीपेन्द्रले भने। सहयोग गर्न चाहनेहरूले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडमा रहेको सत्यबहादुर भण्डारीको खाता नं ०२२०५१२०२८०८१५मा सहयोग रकम जम्मा गरिदिन आग्रह गरिएको छ। भण्डारीलाई सहयोग गर्न चाहनेले छोरा दीपेन्द्रको फोन नं ९८४८३५६६५९ मा सम्पर्क गर्न सकिने बताइएको छ।