काठमाडौं । नेपाल पत्रकार मञ्चका सदस्य तथा नेपाल पत्रकार महासंघ एशोशियट प्रदेश समितिका कोषाध्यक्ष राजेन्द्र प्रजापतिलाई पितृ शोक परेको छ । प्रजापतिका पिता गणेश प्रजापतिको ९३ वर्षको उमेरमा फागुन १० गते साँझ निधन भएको हो ।
स्व.प्रजापतिको निधनमा नेपाल पत्रकार मञ्चले शोक वक्तव्य जारी गर्दै दुःखद् निधनको खबरले स्तब्ध बनाएको जनाएको छ ।
नेपाल पत्रकार मञ्चका महासचिव विमल थापाद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘शोकको यो घडीमा स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।’