काठमाडौं । महाशिवरात्रिका अवसरमा लमजुङको सन्तानेश्वर महादेव मन्दिरमा ठूलो भीड रहेको छ। बिहानैदेखि भक्तजनहरुले महादेवको पूजा अर्चना गर्नका लागि मन्दिरमा पुग्न थालेका छन्। विशेषगरी दुध चढाउन र बत्ति बाल्नका लागि भक्तजनहरु व्यस्त छन्।
महाशिवरात्रि पर्वका अवसरमा शिवजीको पूजा विधिमा दुध चढाउने र मन्दिर परिसरमा बत्ति बाल्ने परम्परा महत्वपूर्ण मानिन्छ।महाशिवरात्रिको अवसरमा लमजुङको मन्दिरहरुमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।