काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाएर सरकारले जनतालाई भड्काउने काम गरेको बताएका छन्।
मंगलबारको संसद बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले विचौलियाले सरकार चलाएको आरोप लगाए। उनले सत्तामा रहेकाको कुशासनले लोकतन्त्रलाई चुनौति दिएको आरोप लगाए।
‘समिति बैठक नाटक, सत्ताको ड्राइभिङ सिटमै विचौलिया छन्। उसको शक्तिले इमान्दार व्यवसायीलाई अपमान गरेको छ,’ उनले भने, ‘आज हामी सबै जनताको सघिन निगरानीमा छौँ। जनचाहनालाई उपेक्षा गर्नुभयो। गंगा नदीमा नक्कली भुटानी शरणार्थीमा धुनुभयो। तपाईँहरु प्रतिको आक्रोश आज व्यवस्था विरोधी गतिविधिमा पुग्यो।’