काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले अहिले राष्ट्रिय सहमतिको सरकार बन्ने कुनै सम्भावना नभएको स्पष्ट पारेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो बताएका हुन् ।
राष्ट्रिय सहमतिको सरकार गठनबारे छलफल भइरहेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै ज्ञवालीले भने, ‘यो बेमौसमी विषय हो ।’ अहिलेको परिस्थितिमा सरकारबारे कुरा गर्नेहरूमाथि नैतिक प्रश्न उठ्ने उनले बताए ।