काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको संस्था नभएको स्पष्ट पारेका छन्।
सोमबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रममा उनले यस्तो बताएका हुन्।
ओलीले पुष्पलाल र मनमोहन प्रतिष्ठान पार्टीले स्थापना गरेको भए पनि धेरै संस्थाहरू व्यक्तिको कब्जामा जाने गरेको बताएका छन्। उनले भने, “हाम्रा संस्थाहरू एकदमै सामूहिक हुनुपर्छ। मदन भण्डारी फाउन्डेशन पार्टीले बनाएको होइन, आफैंले बनाएको हो।”
उनले मदन–आश्रित स्मृति मनाउन नपाइने अवस्था भएपछि फाउन्डेशन स्थापना भएको तर त्यो पार्टी वा आन्दोलनप्रति निष्ठाका साथ नभएको बताए। ओलीले व्यक्तिका नाममा बनेका प्रतिष्ठानहरूमा कब्जा गर्ने चलन अन्त्य हुनुपर्नेमा जोड दिए।
उनले भने, “त्यस्ता संस्था आन्दोलनको पक्षमा निष्ठावान हुनुपर्ने हो, न कि व्यक्तिको ठगी खाने भाँडो बन्नु।”
प्रधानमन्त्री ओलीको यो अभिव्यक्तिले राजनीतिक दलका संस्थागत संरचना र नेतृत्व व्यवस्थापनमा सुधार आवश्यक रहेको संकेत गरेको छ।