काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
उनलाई कुलिङ पिरियडमा छेडखानी भएको छानबिन गर्न गठित संसदीय समितिले नैतिक रूपमा जिम्मेवार ठहर गरेको थियो। यही कारणले खतिवडाले राजीनामा दिएका हुन्।
राजीनामा दिनुअघि प्रतिनिधि सभामा बोल्दै खतिवडाले सुरुदेखि नै कुलिङ पिरियड लागू हुनुपर्छ भन्नेमा अडिग रहेको र भविष्यमा पनि सोही विश्वास कायम राख्ने बताए।