काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ले निर्वाचन आयोगमा नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिएका छन्। उनी ‘राष्ट्रिय श्रम शक्ति पार्टी’ नामक पार्टी दर्ताका लागि आवेदन पेश गरेका हुन्।
निर्वाचन आयोगका स्रोतका अनुसार मेयर साम्पाङले आफैं उपस्थित भएर दल दर्ताका लागि निवेदन दिएका हुन्। आयोगले हाल उक्त पार्टीका कागजातहरू रुजु गर्ने प्रक्रियामा रहेको जनाएको छ।